Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

31/Jul/2025
मनसुनी प्रभाव सक्रिय रहेकोले, केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहीबार, देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक सरदर स्थानको आसपास...

नै सक्रिय रहेकाले देशका विभिन्न भू–भागहरूमा बादल लाग्ने, वर्षा हुने सम्भावना रहेको छ।

हालको मौसमस्थितिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी लगायतका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ। राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि आंशिक बदली रहेको छ भने दिउँसोतिर वर्षाको सम्भावना रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। गण्डकी, कर्णाली, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

महाशाखाले बाढी, पहिरो, डुबान, गेग्रान बहावजस्ता प्राकृतिक जोखिमहरूलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रुहरूलाई आवश्यक सतर्कता र सुरक्षाका उपाय अपनाउन, नदी आसपासका क्षेत्रहरूमा बसोबास गर्नेलाई सजग रहन, तथा सडक तथा हवाई यातायातका प्रयोगकर्ताहरूलाई मौसम अनुरूप योजना बनाउन अनुरोध गरिएको छ।

Share 3 मनसुनी प्रभाव सक्रिय रहेकोले, केहि स्थानमा भारी वर्षाको सम्भावना
  • Share
      मनसुनी प्रभाव सक्रिय रहेकोले, केहि स्थानमा भारी वर्षाको सम्भावना
      मनसुनी प्रभाव सक्रिय रहेकोले, केहि स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौं । आज बिहीबार, देशभर �

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar