Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

29/Dec/2025
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई ऋण प्रक्रिया सरलीकरण गर्न महासंघ अध्यक्ष ढकालको श्रममन्त्री सँग आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा जोड...

दिनु भएको छ ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न विषयमा महासंघको तर्फबाट ध्यानाकर्षण गराउनुभएको थियो ।

बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ३६% सम्म महंगो ब्याज तिर्नपर्ने बाध्यता रहेको औल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनि ट्रान्सफर, सामाजिक सुरक्षा कोष इन्स्योरेन्स जस्ता वित्तीय संस्थाहरुबाट समन्वय गरी स्थानिय स्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको भन्दै उक्त कोषलाई उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्ने महासंघको स्पष्ट धारणा राख्नुुभयो । “सामाजिक सुरक्षा कोषमा श्रमिकहरुको योगदानको ठूलो रकम जम्मा भएको छ । यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ ।” अध्यक्ष ढकालले भन्नुभयो ।

महासंघले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योगको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुने धारणा राख्नुभयो ।

यस्तै उहाँले औद्योगिक करिडोरहरूमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षाबल आवश्यक रहेको बताउनु भयो ।

यस्तै सो अवसरमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भूवन सिंह गुरुङले सबैभन्दा बढि नेपाली श्रमिकहरु जाने विभिन्न देशमा कामदार पठाए वापत वैदेशिक रोजगार व्यवसायीले लिन पाउने कम अन्य देशका व्यवसायीले पाउने भन्दा अत्यन्त न्यून रहेकोले सरकारले तोकेको सेवा शुल्कमा कामदार पठाउन नसकिरहको उल्लेख गर्दै श्रमिकहरु अन्यत्रबाट झन ठगीने भएकाले श्रमिकहरु नठगिने गरि त्यसको उचित समाधानमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले महासंघ तथा वैदेशिक रोजगार व्यवसाय िसंघले उठाएका विषयहरूलाई सकारात्मक रहेको उल्लेख गर्दै श्रम मन्त्रालयले नीति सुधार, सहजीकरण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर सरकारले उचित निर्णय गर्ने समेत बताउनु भयो ।

भेटका अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सा श्रेष्ठ तथा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

Share 5 वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई ऋण प्रक्रिया सरलीकरण गर्न  महासंघ अध्यक्ष ढकालको श्रममन्त्री सँग आग्रह
  • Share
      वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई ऋण प्रक्रिया सरलीकरण गर्न  महासंघ अध्यक्ष ढकालको श्रममन्त्री सँग आग्रह
      वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई ऋण प्रक्रिया सरलीकरण गर्न महासंघ अध्यक्ष ढकालको श्रममन्त्री सँग आग्रह

      काठमाडौँ । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka