Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

ArthaDrishti.com

ArthaDrishti.com

16/Nov/2025
होमस्टे तालिमले बझाङको साईपालमा दिगो पर्यटनको नयाँ उर्जा सञ्‍चार

काठमाडौं । ग्रामीण पर्यटनको सम्भावना बढ्दै गएको बझाङको साईपाल क्षेत्रमा निजी तथा सामुदायिक होमस्टे सञ्चालनलाई व्यावसायिक, सुव्यवस्थित र दिगो बनाउने उद्देश्यले साईपाल गाउँपालिका–३, काँडामा तीनदिने ‘होमस्टे...

व्यवस्थापन तालिम’ सञ्‍चालन गरिएको छ । साईपालमा सञ्‍चालन गरिएको यस ‘होमस्टे व्यवस्थापन तालिम’ले गाउँमा दीगो पर्यटनको नयाँ ऊर्जा सञ्‍चार गरेको छ । यस किसिमका तालिमहरुले पर्यटकको स्वागतका लागि तयार बनाउने मात्र नभई गाउँलेहरूको आत्मविश्वास बढाउने काम समेत गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा संयुक्त रुपमा सञ्‍चालित दिगो पर्यटन परियोजना (एसटीपी), साईपाल गाउँ कार्यपालिका तथा साहरा नेपाल बझाङको सहकार्यमा तीन दिने तालिम कात्तिक २७ गतेदेखि सुरु भएको हो । एसटीपीले अपि-साईपाल पदमार्गको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै स्थानीयहरुको सिप विकास तथा क्षमता अभिवृद्धि गर्दै ग्रामिण र दिगो पर्यटन प्रबर्द्धनमा काम गरिरहेको छ । यसै अन्तर्गत साईपाल गाउँपालिकामा होमस्टे व्यवस्थापन तालिम सञ्‍चालन गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले साईपाललाई प्रकृति, संस्कृति र आतिथ्यका दृष्टिले ‘भविष्यको प्रमुख ग्रामीण गन्तव्य’ बनाउन होमस्टेहरूलाई दिगो पर्यटनको मोडेलतर्फ लैजानुपर्ने आवश्यकता औँल्याए । उपाध्यक्ष डोल्मा तामाङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशी, वडा अध्यक्षहरूले यस तालिमले स्थानीयलाई ‘दिगो र आत्मनिर्भर पर्यटन’ तर्फ उन्मुख गराउने विश्वास व्यक्त गरेका छन् । तालिममा साईपाल गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मका ११ महिला र १० पुरुष गरी २१ जनाको सहभागिता रहेको छ । तालिममा महिला उल्लेख्य महिला सहभागिताले पनि ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको देखाएको छ । तालिममा कसरी पाहुनालाई स्वागत गर्ने, कसरी स्थानीय खानालाई आकर्षक रूपमा पस्कने, कति मूल्य लिने र कसरी आफ्नो घरलाई पर्यटक–मैत्री बनाउने भन्‍ने विषयमा सहभागीहरुलाई सिकाइएको छ ।

तीन दिनसम्म सञ्‍चालन हुने यस तालिममा होमस्टे महासंघ नेपालका कोषाध्यक्षसमेत रहेका प्रशिक्षक सुरज बास्तोलाले नेपालमा होमस्टे र पर्यटनको आधारभूत अवधारणा, दर्ता मापदण्ड, सञ्चालन कार्यविधि, सञ्चालकको भूमिका, बजारीकरण, होमस्टेको दिगोपना, सु–शासन, आतिथ्य सत्कारदेखि वार्षिक कार्ययोजना निर्माणसम्मका विषयमा प्रशिक्षण दिएका हुन् । ‘होमस्टे सञ्चालन कार्यविधि २०६७’ अनुसार होमस्टे दर्ताका लागि स्थानीय तहमा निवेदन, घरको संरचना विवरण, सरसफाइ तथा सुरक्षा मापदण्ड, सेवासुविधाको सूची तथा समुदायको सिफारिस अनिवार्य हुन्छ। दर्तापछि होमस्टेहरूले पारदर्शी मूल्यसूची, स्वास्थ्य–सुरक्षा मापदण्ड तथा स्थानीय भेषभूषा–संस्कृतिको संरक्षण गर्दै पर्यटक–मैत्री सेवा दिनुपर्ने व्यवस्था छ । उक्त कार्यविधिले ग्रामीण पर्यटनलाई स्थानीय अर्थतन्त्र, संस्कृति र प्रकृतिसँग सन्तुलित बनाउँदै दिगो मोडेलमा लैजान खोजेको छ ।

सहभागीहरुल प्रशिक्षणका क्रममा गाउँको परम्परागत भान्सामा पाइने कोदोको बिस्कुट, सिस्नोको सुप, च्याख्लाको खिर, मकै–फपर–कागुनोका परिकारहरुमा पनि पर्यटक किन रमाउँछन् र? भन्‍ने जिज्ञासा राखेका थिए । तर व्यावहारिक सेसनपछि सहभागीले नयाँ अनुभूति पाए । अहिले सहभागीहरु भन्छन्- “हामीले त आफ्नो खानालाई नयाँ मूल्य पाएरै हेर्न थाल्यौं । पर्यटकले मन पराउने रहेछन् ।” यही आत्मबोध नै होमस्टेको वास्तविक सुरु हो- स्थानीय पहिचानलाई पर्यटकको स्वादसँग जोड्ने कला हो । तालिममा आर्थिक गतिविधि, संस्कृति र प्रकृतको सन्तुलन नै दिगो पर्यटनको मेरुदण्ड भएको विषयमा पनि सहभागीहरुलाई जानकारी गराइएको थियो ।

गाउँपालिका अध्यक्ष मानवीर बोहराले साईपाल भौगोलिक रूपमा टाढा भए पनि पर्यटनका लागि निकै नजिक रहेको र पर्यटकको स्वागतका लागि गाउँपालिका तयार रहेकोसमेत बताएका छन् । स्थानीयहरुले पनि पालिकाको यस पहलमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पहिले घरभित्र सीमित महिलाहरूले अहिले होमस्टेको व्यवस्थापन, हिसाब–किताब, मूल्य निर्धारण, ग्राहक सेवा तथा वार्षिक योजना बनाउने विषयमा तालिम लिन पुगेका छन् । सहभागी एक एक महिलाले भनिन्- “हामीले पहिले ‘गाउँमा पर्यटक कहिल्यै आउँदैन’ भन्ने सोच्थ्यौं । तर अब त लाग्छ- यहाँको प्रकृति नै हाम्रो रोजगारीको स्रोत बन्‍ने गरेको छ । यस तालिमपछि अझ हामीले धेरै व्यवहारिक ज्ञान प्राप्त भएको छ ।"

नेपालमा अहिले ७ हजार दर्ता र करिब ५ हजार दर्ता नभएका होमस्टेहरु सञ्‍चालनमा छन् । प्रत्येक होमस्टेमा वार्षिक २५०-३०० जना पाहुनाहरुको स्वागत गरिन्छ । यी तथ्यांकले ग्रामीण पर्यटनको विशाल सम्भावना देखाउँछन् ।

साईपाल पनि यही यात्रामा जोडिन पुगेको छ ।

Share 4 होमस्टे तालिमले बझाङको साईपालमा दिगो पर्यटनको नयाँ उर्जा सञ्‍चार
  • Share
      होमस्टे तालिमले बझाङको साईपालमा दिगो पर्यटनको नयाँ उर्जा सञ्‍चार
      होमस्टे तालिमले बझाङको साईपालमा दिगो पर्यटनको नयाँ उर्जा सञ्‍चार

      काठमाडौं । ग्रामीण पर्यटनको �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird