
ArthaDrishti.com
28/Jul/2025
सुनको मूल्य स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो – आजको सुनचाँदी बजार
काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु. १,९३,६०० मा...
कारोबार भइरहेको छ, जुन मूल्य आइतबारको तुलनामा अपरिवर्तित हो। लगातार दुई दिनसम्म सुनको मूल्यमा कुनै फेरबदल नदेखिएको हो।
चाँदीको मूल्यमा भने आज रु. ५ ले वृद्धि भएको छ। आइतबार रु. २,२९० मा कारोबार भएको चाँदी आज बढेर रु. २,२९५ मा पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटबढले नेपाली बजारमा पनि असर पार्ने गरेको छ। आगामी दिनमा बजार स्थिर रहने वा फेरि उतारचढाव आउने भन्नेबारेमा भने स्पष्ट अनुमान गर्न कठिन रहेको व्यवसायीहरूको भनाइ छ।