Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2026
विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर NADA Automobiles Association of Nepal ले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सफलतापूर्वक सम्पन्न...

गरेको छ।

वातावरण संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा विद्युतीय सवारीसाधनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त र्‍यालीमा विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। र्‍यालीमा AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI लगायतका ब्रान्ड सहभागी भएका थिए। कार्यक्रमलाई Times Business–SKYWORTH तथा Nepal Insurance Company Limited ले सहयोग गरेका थिए।

र्‍याली नाडाको सचिवालय टेकुबाट सुरु भई त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली र कुपण्डोल हुँदै ‘द प्लाजा’मा पुगेर समापन गरिएको थियो।

कार्यक्रममा सहभागी ७२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, पूर्वअध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गरेका थिए। प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लको संयोजनमा सम्पन्न भएको थियो।

र्‍यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पालको नेतृत्वमा गरिएको थियो। कार्यक्रममा सहभागी संस्था, सहयोगी निकाय तथा सदस्यहरूप्रति नाडाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि वातावरणमैत्री यातायात प्रवर्द्धनका यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

नाडाका अनुसार ‘नाडा ग्रीन ड्राइभ २०२६’ ले विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्दै हरित तथा दिगो यातायात प्रणाली निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Share 142 विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सम्पन्न
  • Share
      विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सम्पन्न
      विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्‍याली सम्पन्न

      काठमाडौं ।  विश्व वातावरण द�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird