Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

11/Dec/2025
दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको...

राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गर्नुभयो ।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।” उहाँले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताउनुभयो । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उहाँको भनाइ थियो ।

“नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ”, उहाँले भन्नुभयो ।

नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताउनुभयो ।

उहाँले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिनुभयो ।

भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभयो । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ नयाँ चुनौती देखिएको उल्लेख गर्दै उहाँले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनसक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Share 4 दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
  • Share
      दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
      दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

      नेपाल र भियतनामबीच दौत्य सम्�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka