Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

13/Jul/2025
देशभर मनसुनी सक्रियता, जान्नुहोस् कुन स्थानमा हुनेछ आज धेरै वर्षा

काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण आज आइतबार नेपालका विभिन्न भागहरूमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार,...

मनसुनको न्यून चापीय रेखा पूर्वी भूभागमा सरदर स्थानको आसपास र पश्चिमतिर सरदरभन्दा केही उत्तरतिर सरेको छ, जसको असर विभिन्न प्रदेशमा देखिएको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भागहरूमा आंशिक बदलीको अवस्था छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आगामी २४ घण्टाको लागि जारी पूर्वानुमान अनुसार, देशभरका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरूमा समेत हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना देखिएको छ।

सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, डुबान, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम उच्च रहेको जनाइएको छ। यसका साथै, नदी नाला र खोलाहरूको जल सतहमा उल्लेख्य वृद्धि हुन सक्ने भएकाले नदी किनार तथा बस्ती नजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

Share 3 देशभर मनसुनी सक्रियता, जान्नुहोस् कुन स्थानमा हुनेछ आज धेरै वर्षा
  • Share
      देशभर मनसुनी सक्रियता, जान्नुहोस् कुन स्थानमा हुनेछ आज धेरै वर्षा
      देशभर मनसुनी सक्रियता, जान्नुहोस् कुन स्थानमा हुनेछ आज धेरै वर्षा

      काठमाडौं । देशभर सक्रिय रहेक�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari