Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

20/Jun/2025
देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल नेपालभर मनसुनी वायु सक्रिय रहँदा देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा र...

लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ। साथै, देशको पश्चिम भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत आंशिक प्रभाव जमाएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

साथै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा परिरहेको छ। हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ।

यस वर्ष नेपालमा मनसुनको आगमन मिति २०८२ साल जेठ १५ गते मा कोशी प्रदेशबाट भएको हो। हालसम्म यो प्रणाली कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिसकेको छ।

मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केहि भागहरूमा भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरिएको छ।

Share 5 देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा
  • Share
      देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा
      देशभर मनसुनी वायुको प्रभाव, अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा

      काठमाडौं । हाल नेपालभर मनसुन�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Evautobazar