Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/Apr/2026
संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। संघभित्रको नेतृत्वशैली, निर्णय प्रक्रिया तथा समन्वय अभावप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पदबाट...

बाहिरिने निर्णय गरेका हुन्।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रेस नोट अनुसार संघमा संस्थागतभन्दा व्यक्तिगत कार्यशैली हाबी भएको, निर्णय प्रक्रिया निष्पक्ष र पारदर्शी नरहेको तथा सरोकारवालासँग प्रभावकारी समन्वय हुन नसकेको आरोप लगाइएको छ।

राजीनामा दिने पक्षले वैदेशिक रोजगार व्यवसाय तथा श्रमिकको हकहितलाई पर्याप्त प्राथमिकता नदिइएको, कार्यसमितिमा उठाइएका विषयहरूलाई बेवास्ता गरिएको र सल्लाहकारहरूको सुझावलाई समेत उपेक्षा गरिएको जनाएको छ। साथै, संघभित्र स्वार्थकेन्द्रित तथा राजनीतिक प्रभाव बढ्दै गएको, संस्थाको प्रतिष्ठामा असर पर्ने गतिविधि दोहोरिएको र विभाजनकारी प्रवृत्ति नेतृत्वबाटै प्रोत्साहित भएको आरोप पनि लगाइएको छ।

यस्तो अवस्थाले संघको विधानअनुसार प्रभावकारी रूपमा काम गर्न कठिन भएको निष्कर्षसहित नयाँ जनादेशमार्फत नयाँ नेतृत्व चयन गर्नु नै उपयुक्त हुने ठहर गर्दै सामूहिक राजीनामा दिइएको प्रेस नोटमा उल्लेख छ।

राजीनामापछि कार्यसमिति अल्पमतमा परेको दाबी गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायत सम्बन्धित निकायलाई विधानबमोजिम कार्यसमिति विघटन गरी नयाँ निर्वाचन प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्।

सामूहिक राजीनामामा प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेल, महासचिव महेश कुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीलगायतको हस्ताक्षर रहेको जनाइएको छ।

राजीनामा दिने पक्षले संघ, व्यवसायी तथा वैदेशिक रोजगारीमा जाने श्रमिकको हितका लागि पारदर्शी, सामूहिक र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेको छ।

Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

      काठमाडौँ ।  नेपाल वैदेशिक र�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Kinmel Chautari