Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

21/Dec/2025
एनएफपिजेको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, फोटो पत्रकारहरू सम्मानित

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले आफ्नो २८ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ। ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा आयोजित साधारण...

सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रमुख अतिथि हार्तम्छालीले समाजमा सबैले सबैभन्दा सजिलो छिटो बुझ्ने भाषाको रुपमा फोटोग्राफिलाई लिन सकिने भएको भन्दै उहाँले यसलाई प्रकृति, प्रविधि र संस्कृतिसँग समायोजन गरेर लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा एनएफपिजेका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ ‘सागर’ले स्वागत मन्तव्य राख्नुभयो। सभामा अध्यक्ष प्रदीपराज वन्तले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रम तथा संस्थाले अवलम्बन गरेका रणनीतिहरूबारे जानकारी गराउनुभयो । अध्यक्ष वन्तले भन्नुभयो, “एनएफपीजे नेपालले आगामी कार्यकालमा फोटोपत्रकारहरूको सामाजिक सुरक्षा, व्यावसायिक सशक्तिकरण र क्षमता विकासलाई प्राथमिकतामा राख्दै संगठनलाई अझ समावेशी, सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।”

महासचिव घनश्याम श्रेष्ठले आर्थिक वर्षमा सम्पन्न गतिविधिहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । महासचिव श्रेष्ठले भन्नुभयो, “२०८१/८२ मा एनएफपिजेले संगठन विस्तार, क्षमता विकास, अन्तर्राष्ट्रिय सहकार्य र फोटो पत्रकारहरूको हकहित संरक्षणमा उल्लेखनीय प्रगति गरेको छ, आगामी दिनमा पेशागत सुरक्षा र डिजिटल क्षमता अभिवृद्धिलाई अझ सशक्त बनाइनेछ।”

त्यस्तै कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभयो। उनले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभाको अवसरमा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको थियो। ‘साहसिक फोटो पत्रकारिता सम्मान’ नबिनबाबु गुरुङ, ‘पर्यावरण–पर्यटन फोटो पत्रकारिता सम्मान’ उद्धव श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ सुबास मुखिया सुनुवार, ‘सांस्कृतिक फोटो पत्रकारिता सम्मान’ चन्द्रकला क्षेत्री तथा ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ शंकर भुजेललाई प्रदान गरिएको हो।

त्यसैगरी पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाज्यूद्वारा स्थापित ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८२’ फोटो पत्रकार संस्थाका सचिव प्रविन कुलुङ राईलाई प्रदान गरियो भने ‘संस्थागत एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८२’ संस्थाका उपाध्यक्ष सुनिल शर्मालाई प्रदान गरिएको थियो।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू कविन्द्रमान शाक्य, राजभाई सुवाल, राजेन्द्र चित्रकार, केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तसहित केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एनएफपिजेले सदस्यहरूको सक्रिय सहभागिता, शुभेच्छुकहरूको साथ–सहयोग, सुझाव, स्वस्थ आलोचना तथा खबरदारीमार्फत संगठनलाई अझ सशक्त, जिम्मेवार र परिपक्व बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Share 4 एनएफपिजेको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, फोटो पत्रकारहरू सम्मानित
  • Share
      एनएफपिजेको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, फोटो पत्रकारहरू सम्मानित
      एनएफपिजेको २८ औँ वार्षिक साधारण सभा सम्पन्न, फोटो पत्रकारहरू सम्मानित

      काठमाडौँ । राष्ट्रिय फोटो पत�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird