ArthaDrishti.com
02/Nov/2025
रु ७०० ले बढ्यो सुनको मुल्य तोलामा २३९,७०० पुग्यो, चाँदी ३,०५५ मा
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार, कार्तिक १६, २०८२ (नोभेम्बर २, २०२५) का लागि सुन र चाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ। महासंघका अनुसार, आज...
(९९.९९% शुद्ध) सुनको मूल्य प्रति तोला २३९,७०० रुपैयाँ तोकिएको छ, जुन शुक्रबार १४ गतेको तुलनामा ७०० रुपैयाँले बढी हो। १४ गते सुनको मूल्य प्रति तोला २३९,००० रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्यमा हल्का गिरावट आएको छ। आज चाँदीको मूल्य प्रति तोला ३,०५५ रुपैयाँ कायम गरिएको छ, जुन १४ गते को ३,०६० रुपैयाँको तुलनामा ५ रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग सन्तुलनका कारण सुनमा हल्का वृद्धि र चाँदीमा मामूली गिरावट आएको व्यवसायीहरूले बताएका छन्।