Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

ArthaDrishti.com

ArthaDrishti.com

30/May/2025
युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न आग्रह गर्नु भएको छ ।

शुक्रवार देखि देखि काठमाडौंमा सुरु भएको...

नेपाल जेसीज युवा समिट तथा नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले नेपाल सम्भावना नै सम्भावनाको देश रहेकोले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएका हरुलाई लगानीको लागि बंैक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताउनु भयो । “ म भन्छु ,नेपालमा जति सम्भावना अन्त कतैं छैन् । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावनाहरु रहेका छन् । ती सम्भावनाहरु उजागर गर्न सक्नु पर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ । ” उहाँले भन्नु भयो ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवाहरू ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकोले जेसीजले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकाससंगसंगै उद्यमशीलताको क्षेत्रमा पनि अगाडी बढाउँदै लैजानु पर्ने बताउनु भयो ।

उहाँले युवाहरूको नेतृत्व विकास तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने नेपाल जेसीजको प्रयास अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्द नवप्रवर्तन, उद्यमशीलतामार्फत नेपाललाई समृद्ध, आत्मनिर्भर र गतिशील राष्ट्र बनाउन दिशामा काम गर्न युवाहरुलाई आग्रह गर्नु भयो ।

Share 3 युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह
  • Share
      युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह
      युवाहरुलाई आफ्‌नै देशमा सम्भावना खोज्न महासंघ अध्यक्ष ढकालको आग्रह

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Flybird