Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

27/May/2026
एलजीले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘डुअलकुल’ एयर कन्डिसनर, स्मार्ट ‘किलोवाट म्यानेजर’बाट विद्युत् बिल नियन्त्रण गर्न सकिने

काठमाडौँ । LG Electronics ले नेपाली घरपरिवारलाई लक्षित गर्दै नयाँ ‘डुअलकुल इन्भर्टर’ एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको छ । ऊर्जा दक्षता, स्मार्ट विद्युत् व्यवस्थापन र नेपाली...

घरपरिवारको आवश्यकता केन्द्रित विशेषतासहित ल्याइएको उक्त श्रृंखला मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा औपचारिक रूपमा अनावरण गरिएको हो ।

नेपालका लागि एलजी उत्पादनको आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा सार्वजनिक गरिएको नयाँ एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट प्रविधि समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्युत् खपत नियन्त्रण गर्दै बिल व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

ललितपुर मा आयोजित कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक Nirvana Chaudhary ले उत्पादनको औपचारिक अनावरण गरेका थिए । कार्यक्रममा कम्पनीले नेपाली बजारमा ऊर्जा बचत, स्मार्ट प्रविधि र टिकाउपनलाई प्राथमिकता दिँदै नयाँ श्रृंखला ल्याइएको जनाएको थियो ।

कम्पनीका अनुसार नयाँ डुअलकुल एयर कन्डिसनरमा जडान गरिएको ‘किलोवाट म्यानेजर’ प्रविधिले प्रयोगकर्तालाई आफूले चाहेको विद्युत् खपत सीमा निर्धारण गर्न, सञ्चालन अवधि सेट गर्न तथा वास्तविक समयमै विद्युत् उपयोग अनुगमन गर्न सक्ने सुविधा दिन्छ । एलजी थिनक्यू (LG ThinQ) कनेक्टिभिटीमार्फत अत्यधिक विद्युत् प्रयोग भए सूचना प्राप्त गर्न सकिने तथा प्रयोगको शैलीअनुसार स्वचालित ऊर्जा बचत मोड सञ्चालन हुने व्यवस्था गरिएको कम्पनीको दाबी छ ।

एलजीले नयाँ श्रृंखलामा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको जनाएको छ । यसले परम्परागत प्रणालीको तुलनामा ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशत छिटो शीतलन प्रदान गर्ने कम्पनीको भनाइ छ ।

त्यस्तै, ‘फ्रिज क्लिन’ नामक नयाँ सुविधामार्फत एयर कन्डिसनरको इभापोरेटरमा जम्मा हुने धुलो तथा ब्याक्टेरियालाई हटाएर स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार उक्त प्रणालीले इभापोरेटर वरिपरि बरफको तह बनाएर अशुद्धि हटाउने काम गर्छ र परीक्षणमा ९९ प्रतिशतसम्म अवशिष्ट ब्याक्टेरिया हटाउन सक्षम देखिएको छ ।

नेपाली मौसम तथा विद्युत् अवस्थालाई ध्यानमा राखेर उत्पादनमा गोल्ड फिन एन्टि–कोरोसन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री सञ्चालनजस्ता विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ । यसले भोल्टेज उतारचढावबीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्ने विश्वास कम्पनीको छ ।

कार्यक्रममा बोल्दै सीजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक Gaurav Hamal ले ऊर्जा दक्षता अहिले नेपाली घरपरिवारको प्राथमिकता बन्दै गएको उल्लेख गर्दै नयाँ ‘किलोवाट म्यानेजर’ प्रविधिले उपभोक्तालाई विद्युत् खपत र घरेलु खर्चमा अझ प्रभावकारी नियन्त्रण दिने बताए ।

दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्स विश्वभर घरेलु उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्स तथा एयर समाधान प्रदायक ब्रान्डका रूपमा परिचित छ । कम्पनीले टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणालीलगायत उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले चार दशकभन्दा बढी समयदेखि एलजीसँग सहकार्य गर्दै आएको जनाएको छ ।

Share 8 एलजीले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘डुअलकुल’ एयर कन्डिसनर, स्मार्ट ‘किलोवाट म्यानेजर’बाट विद्युत् बिल नियन्त्रण गर्न सकिने
  • Share
      एलजीले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘डुअलकुल’ एयर कन्डिसनर, स्मार्ट ‘किलोवाट म्यानेजर’बाट विद्युत् बिल नियन्त्रण गर्न सकिने
      एलजीले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘डुअलकुल’ एयर कन्डिसनर, स्मार्ट ‘किलोवाट म्यानेजर’बाट विद्युत् बिल नियन्त्रण गर्न सकिने

      काठमाडौँ । LG Electronics ले नेपाली घर�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka