Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

26/Apr/2026
टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

काठमाडौ। टेक्सपायर कर्पोरेट टी-१० लिग काठमाडौको त्ल्लो मुलपानी मैदानमा आज बाट सुरु भएको छ। आज भएको पहिलो खेल वर्षाले प्रभावित हुँदा क्लाउड फ्याक्ट्रीले सिप्रडी लाई डकवर्थ–लुइस...

नियमअनुसार ५ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले ७ ओभरमा २ विकेट गुमाउँदै ९२ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। टोलीका लागि जुलन महर्जनले १९ बलमा ३८ रनको उत्कृष्ट इनिङ्स खेले भने चन्द्र गुरुङले मात्र ३ बलमा १५ रन जोड्दै तीव्र गति दिए। साथै सुबोध धुंगेल १५ रनमा अविजित रहे।

जवाफमा सिप्रडीले ७ ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनायो। शैलेन्द्र नेपालले ३७ रन बनाएर अविजित रहँदा युगेश न्यौपानेले २१ रनको योगदान दिए। टेक्सपायर कर्पोरेट टी-१० लिग अन्तर्गत आज भएको दोस्रो खेलमा आईसिएफसी फाइनान्सले सुबिसु लाई ३७ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गरेको आईसिएफसी फाइनान्सले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ११० रनको मजबुत योगफल तयार गर्‍यो। टोलीका लागि सुरज तिमल्सिनाले विस्फोटक प्रदर्शन गर्दै २२ बलमा ५६ रन बनाए, जसमा ६ चौका र ४ छक्का समावेश थिए। उनलाई सोमेश यादवले १८ रन र सुभाष भण्डारीले ९ रन जोड्दै राम्रो साथ दिए।

११० रनको लक्ष्य पछ्याएको सुबिसु को सुरुवात कमजोर रह्यो।

टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै ८ ओभरमा ६ विकेट गुमाएर मात्र ७३ रन बनाउन सक्यो। विजय कुमार मण्डलले २७ रन बनाउँदै संघर्ष गरे पनि अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्। निराजन परियारले १६ रन जोडे।

आजको टेक्स्पायर र एनसेल बीचको तेस्रो खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएपछि दुवै टोलीले एक - एकअंक बाँढे।

Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

      काठमाडौ। टेक्सपायर  कर्पोर

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird