Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

21/Nov/2025
मेची-महाकाली संगठन विस्तार अभियानको पहिलो चरण सम्पन्न : सातै प्रदेशमा घरजग्गा व्यवसायीहरूलाई एकताबद्ध गर्ने क्रम तीव्र

काठमाडौँ। नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको नेतृत्वमा सञ्चालित मेची-महाकाली संगठन विस्तार अभियानको प्रथम चरण सफलतापूर्वक सम्पन्न भएको छ । मिति २०८२।०७।२५ गते...

देखि २०८२।०८।०३ गते सम्म ०९ दिनको यो कार्यक्रम कोशी प्रदेशबाट सुरु भएर मधेस र बागमती प्रदेशसम्म विस्तार भएको थियो ।

कोशी प्रदेशको सुनसरी, मोरङ र झापा जिल्लामा महासंघका अध्यक्ष घिमिरेसहित केन्द्रीय प्रतिनिधिहरूले जिल्ला संघका पदाधिकारीहरूसँग भेटघाट गरी सबै घरजग्गा व्यवसायीहरूलाई संगठित गर्न निर्देशन दिनुभयो । इलाम, धनकुटा र पाँचथर जिल्लामा भने तदर्थ समिति गठन गरी संयोजक तोकिएको छ ।

यसै क्रममा मिति २०८२।०७।२९ गते शनिबार सुनसरी जिल्लामा सुनसरी जिल्लामा ऐतिहासिक पहिलो अधिवेशन सम्पन्न भयो । अधिवेशनले नेत्रप्रसाद चौलागाईंको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा कर्णबहादुर लिम्बू रहनुभएको छ । त्यस्तै उदयपुर जिल्लामा पनि छिट्टै अधिवेशन गरी जिल्ला संघलाई पूर्णता दिन व्यवसायीहरूलाई सुझाव दिइएको छ ।

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लामा जिल्ला संघका संयोजक, उपसंयोजक तथा व्यवसायीहरूसँग व्यापक छलफल भयो । अध्यक्ष घिमिरेले हाल कित्ताकट खुलेको अवस्थालाई स्वागत गर्दै बाँकी नीतिगत अप्ठ्यारा पनि छिट्टै समाधान हुने विश्वास दिलाउनुभयो । दर्ता हुन बाँकी जिल्ला संघहरूलाई यथाशीघ्र दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

बागमती प्रदेशको सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पनि जिल्ला संघका पदाधिकारी तथा संयोजकहरूसँग भेटघाट भयो । दर्ता हुन बाँकी जिल्लाहरूमा व्यवसायीहरूलाई एकजुट गरी छिटो जिल्ला संघ दर्ता गर्न तथा संगठनलाई थप क्रियाशील र मजबुत बनाउन विशेष जोड दिइयो ।

महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अभियानको पहिलो चरण अत्यन्त उत्साहजनक रहेको बताउँदै बाँकी प्रदेशहरूमा पनि यो अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो । “हाम्रो मुख्य उद्देश्य भनेको देशभरका घरजग्गा व्यवसायीहरूलाई एकीकृत प्लेटफर्ममा ल्याएर नीतिगत सुधार र व्यवसायिक हकहितको संरक्षण गर्नु हो,” अध्यक्ष घिमिरेले भन्नुभयो ।

महासंघले यो अभियानलाई निरन्तरता दिँदै दोस्रो चरण चाँडै सुरु गर्ने जनाएको छ । यसले नेपालको घरजग्गा क्षेत्रलाई थप व्यवस्थित र संगठित बनाउने अपेक्षा गरिएको छ ।

Share 4 मेची-महाकाली संगठन विस्तार अभियानको पहिलो चरण सम्पन्न : सातै प्रदेशमा घरजग्गा व्यवसायीहरूलाई एकताबद्ध गर्ने क्रम तीव्र
  • Share
      मेची-महाकाली संगठन विस्तार अभियानको पहिलो चरण सम्पन्न : सातै प्रदेशमा घरजग्गा व्यवसायीहरूलाई एकताबद्ध गर्ने क्रम तीव्र
      मेची-महाकाली संगठन विस्तार अभियानको पहिलो चरण सम्पन्न : सातै प्रदेशमा घरजग्गा व्यवसायीहरूलाई एकताबद्ध गर्ने क्रम तीव्र

      काठमाडौँ। नेपाल घरजग्गा तथा �

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • Share
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
      नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
  • Share
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस  साउदी र कतारी रियाल लाई कति
      आज अमेरिकी डलर १४७.१६ मा कारोबार हुदै, जान्नुहोस साउदी र कतारी रियाल लाई कति

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
  • Share
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
      यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा: नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
  • Share
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
      अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Evautobazar