Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

03/Oct/2025
मनसुनको प्रभाव कायम, कोशी र बागमतीको केही स्थानमा मध्यम देखि भारी वर्षाको जोखिम!

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज शुक्रबार, असोज १७, २०८२ (अक्टोबर ३, २०२५) नेपालमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले मनसुनको प्रभाव कायम राखेको छ,...

जसले देशभर सामान्य बदली छ र कोशी, बागमती तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा दिउँसो सामान्य बदलीसहित केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने तराईमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्छ; मधेशमा तराईमा केही स्थानमा मध्यम वर्षा, कर्णाली र सुदूरपश्चिममा थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनीमा धेरै स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेशमा थोरै स्थानमा मध्यम तथा भारी वर्षा, कर्णाली र सुदूरपश्चिममा थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। विभागले विशेषगरी कोशी र बागमतीमा भारी वर्षाको जोखिम रहेकोले बाढी, पहिरो र डुबानबाट बच्न सतर्क रहन तथा पछिल्लो मौसमी सूचना नियमित हेर्न सर्वसाधारण र सरोकारवालालाई आग्रह गरेको छ।

Share 3 मनसुनको प्रभाव कायम, कोशी र बागमतीको केही स्थानमा मध्यम देखि भारी वर्षाको जोखिम!
  • Share
      मनसुनको प्रभाव कायम, कोशी र बागमतीको केही स्थानमा मध्यम देखि भारी वर्षाको जोखिम!
      मनसुनको प्रभाव कायम, कोशी र बागमतीको केही स्थानमा मध्यम देखि भारी वर्षाको जोखिम!

      काठमाडौं। जल तथा मौसम विज्ञा�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Arabikaka