Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

27/Oct/2025
माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त

काठमाडौं। एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन्। उनको यो नियुक्ति यही कार्तिक १५, २०८२ देखि लागू हुनेछ।

नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक...

सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन्।

दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरू रहेका छन्।

एनसेलमा आवद्ध हुनुअघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए। त्यसअघि, उनले टेलिनोर पाकिस्तान (टीपी) का सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए।

उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरूमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया) मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पु¥याए र ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका थिए।

फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन्। हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु (WATU) अन्तर्गतको वाटु डीआरसी एसए (WATU DRC SA) का अध्यक्षका रूपमा कार्यरत छन्।

नियुक्ति सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, “काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु। एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ। आजको डिजिटल, एआई पावर्ड (AI Powered) र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं। हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं। यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ।”

एनसेलको सञ्चालक समितिले फोलेको नेतृत्वमा गहिरो विश्वास व्यक्त गर्दै भन्यो, “हामी यस महत्वपूर्ण नेतृत्व भूमिकामा फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं। उनको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्वपूर्ण हुनेछन्।”

फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन्। इनसीड (INSEAD) बाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्स (Global Management and Governance) मा एक्सिक्युटिभ सर्टिफिकेट प्राप्त गरेका छन्। उनी क्यानडा–केन्या दुवैको नागरिक हुन्।

एनसेलको बारेमा

एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। प्रत्येक नेपालीलाई आफ्ना सेवाहरूमार्फत जोड्दै कनेक्टिभिटीका लाभहरू प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आइरहेको छ।

स्पेक्ट्रलाइट यूके लिमिटेडका साथ एनसेल आम नेपाली उपभोक्ताहरूलाई नविनतम र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको छ, जसले डिजिटल नेपालका आकांक्षाहरू हासिल गर्न योगदान पुर¥याउनेछ।

एनसेल आफ्नो दृढ प्रतिबद्धता र क्षमतासहित डिजिटल सेवा, नवप्रवर्तन, लगानी तथा जीवन सहज र समृद्धि बनाउने उद्देश्यसहित सेवाहरूको विविधीकरणतर्फ अग्रसर छ, जसले आम नेपालीहरूको जीवनलाई अझ समृद्ध बनाउनेछ।

डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहाद अन्तर्गत रहेको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो। रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ।

एनसेल नेपालका सबैभन्दा ठूला करदाता मध्ये एक हो। आफ्नो स्थापना पश्चात कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ। यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षण जस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ। यी पहलहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सरकारी प्रयासलाई सहयोग पुर¥याइरहेका छन्।

Share 5 माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त
  • Share
      माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त
      माइकल फोले एनसेलको नयाँ सीईओ नियुक्त

      काठमाडौं। एनसेलको नयाँ प्रम�

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
  • Share
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण
      ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सम्पन्न, प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले गरे भ्रमण

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 4 स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
  • Share
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
      स्टार्टअप तथा इनोभेशन प्रवद्र्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 2 पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
  • Share
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च
      पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै X7 Pro, F7 र F8 Pro लन्च

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 3 Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
  • Share
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल
      Qatar Business Delegation काठमाडौंमा : नेपाल–कतार व्यापार र लगानी अभिवृद्धि बारे छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka