Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

05/Jun/2026
बजेट कार्यान्वयन र ऊर्जा क्षेत्रका चुनौतीबारे इप्पानको पोस्ट–बजेट छलफल

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल तथा वर्तमान कार्यसमितिको तीनवर्षीय कार्यकालको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिनिधिसभा सदस्य...

श्रीराम न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ऊर्जा क्षेत्रका समसामयिक विषय, बजेटले ऊर्जा क्षेत्रमा पार्ने प्रभाव तथा निजी क्षेत्रको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले कार्यसमितिको तीनवर्षीय अवधिमा संस्थाले ऊर्जा क्षेत्रको विकास, नीतिगत सुधार तथा निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित संरक्षणका लागि गरेका गतिविधिबारे जानकारी गराएका थिए। उनले आगामी दिनमा ऊर्जा क्षेत्रलाई थप प्रतिस्पर्धी, लगानीमैत्री र निर्यातमुखी बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष आनन्द चौधरी तथा महासचिव बलराम खतिवडाले पनि बजेटका सकारात्मक पक्ष, ऊर्जा क्षेत्रमा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने नीतिगत विषयहरूबारे धारणा राखेका थिए।

त्यसैगरी, कार्यक्रमका वक्ता तथा पूर्वअध्यक्ष एवं भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले ऊर्जा सुरक्षासँगै क्षेत्रीय ऊर्जा व्यापार, भूराजनीतिक परिवेश र नेपालको जलविद्युत् विकासका सम्भावनाबारे आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा इप्पानका पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सल्लाहकार, ऊर्जा उत्पादक तथा सरोकारवालासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।

इप्पानले आयोजना गरेको उक्त कार्यक्रमले बजेट कार्यान्वयन, ऊर्जा क्षेत्रका अवसर तथा चुनौतीबारे साझा धारणा निर्माण गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

Share 45 बजेट कार्यान्वयन र ऊर्जा क्षेत्रका चुनौतीबारे इप्पानको पोस्ट–बजेट छलफल
  • Share
      बजेट कार्यान्वयन र ऊर्जा क्षेत्रका चुनौतीबारे इप्पानको पोस्ट–बजेट छलफल
      बजेट कार्यान्वयन र ऊर्जा क्षेत्रका चुनौतीबारे इप्पानको पोस्ट–बजेट छलफल

      काठमाडौं। स्वतन्त्र ऊर्जा उ�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Arabikaka