Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

14/Jul/2025
बुङ्गल हाइड्रोको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने

काठमाडौँ। बुङ्गल हाइड्रो लिमिटेडले आइतबार (असार २९ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले कुल ८३...

करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरका ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याइएको छ।

आयोजना प्रभावित बासिन्दामध्ये ६५ प्रतिशत शेयर अति प्रभावित क्षेत्र (सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं. ६ र ७) का बासिन्दालाई, तथा ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्र (बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११) का बासिन्दालाई बाँडफाँट गरिनेछ।

यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरका २ लाख ७ हजार ५०० कित्ता शेयर निष्काशन गरिएको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ आयोजना प्रभावित क्षेत्रका लागि आवेदन छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ।

Share 4 बुङ्गल हाइड्रोको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने
  • Share
      बुङ्गल हाइड्रोको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने
      बुङ्गल हाइड्रोको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि भर्न पाउने

      काठमाडौँ। बुङ्गल हाइड्रो लि�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Kinmel Chautari