Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

15/May/2026
अन्तर्राष्ट्रिय बहिर्गमन कलमा ६० सेकेन्ड पल्स दर लागू गर्दै नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा लाग्ने पल्स समयावधि परिमार्जन गर्दै ६० सेकेन्डको पल्स दर लागू गर्ने भएको छ।

कम्पनीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय कल गर्दा इन्टरनेसनल एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ मार्फत गरिने बहिर्गमन कलमा अब ६० सेकेन्डको पल्स दर कायम हुनेछ।

नेपाल दूरसञ्चार प्राधिकरणको २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिबमोजिम उक्त व्यवस्था लागू गरिएको टेलिकमले जनाएको छ। नयाँ पल्स दर २०८३ जेठ १ गतेदेखि लागू हुने कम्पनीले उल्लेख गरेको छ।

नेपाल टेलिकमका अनुसार ५८ देशमा गरिने कलमा यो व्यवस्था लागू हुनेछ। जसअन्तर्गत अङ्गुइला, अल्जेरिया, अमेरिकन समोआ, अजरबैजान, बहामास, बेनिन, ब्राजिल, ब्रुनाई, चीन, कोमोरस, कुक आइल्यान्ड, डिएगो गार्सिया, इस्ट टिमोर, इथियोपिया, फिजी, फ्रेन्च पोलिनेसिया, गुआम, गिनी, गिनी–बिसाउ, हैटी, भारत, इन्डोनेसिया, आइभोरी कोस्ट, किरिबाटी, लेसोथो, लाइबेरिया, मकाउ, माल्दिभ्स, माली, मेक्सिको, माइक्रोनेसिया, मोजाम्बिक र म्यानम्यार रहेका छन्।

त्यसैगरी नाउरु, न्यु क्यालेडोनिया, न्युजिल्यान्ड, नाइजेरिया, निउ, पलाउ, पनामा, पपुआ न्युगिनी, समोआ, साउदी अरेबिया, सिंगापुर, सोलोमन आइल्यान्ड, साउथ अफ्रिका, साउथ कोरिया, श्रीलंका, सुडान, सुरिनाम, थाइल्यान्ड, टोगो, टोकेलाउ, टोङगा, टर्की, टुभालु, भानुआतु र भियतनाममा गरिने कलमा पनि ६० सेकेन्डको पल्स दर लागू हुने जनाएको छ।

हाल नेपाल टेलिकमले विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा कल गर्न फरक–फरक एक्सेस कोडको व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय कल गर्न सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

Share 7 अन्तर्राष्ट्रिय बहिर्गमन कलमा ६० सेकेन्ड पल्स दर लागू गर्दै नेपाल टेलिकम
  • Share
      अन्तर्राष्ट्रिय बहिर्गमन कलमा ६० सेकेन्ड पल्स दर लागू गर्दै नेपाल टेलिकम
      अन्तर्राष्ट्रिय बहिर्गमन कलमा ६० सेकेन्ड पल्स दर लागू गर्दै नेपाल टेलिकम

      काठमाडौँ । नेपाल टेलिकमले अन�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Evautobazar