Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

04/May/2026
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं। नेपाल - ३ मे, २०२६ - यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S शोरूम ‘व्हिलिश ग्यालोर प्रा. लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ। यामाहा...

नेपालको यस १०३औँ शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री श्री जयराम थापाले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर श्री मिठाराम अधिकारी, उपमेयर श्रीमती अनीता लामा, तथा एमएडब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको एक भावनात्मक क्षणका रूपमा ‘व्हिलिश ग्यालोर प्रा. लि.’ का सञ्चालक श्री भुवेश खड्का आफ्ना १०६ वर्षीय हजुरबुवासहित उपस्थित हुनुहुन्थ्यो, जसले समारोहलाई अझ विशेष बनाएको थियो।

नयाँ शोरूममा बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spares) एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ। दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रा. लि. ले ग्राहकहरूलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बोल्दै श्री दीपक कुमार अग्रवालले भन्नुभयो, “बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ।”

बुढानीलकण्ठ शोरूमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ।

एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यसलाई देशकै एक विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको छ।

Share 5 यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन
  • Share
      यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन
      यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

      काठमाडौं। नेपाल - ३ मे, २०२६ - य�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Kinmel Chautari

Sponsor Ad.

Flybird