Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

07/May/2026
महासंघको नेतृत्व सम्हालेसँगै अन्जन श्रेष्ठले सार्वजनिक गरे कार्ययोजना: ‘६ स्तम्भ, ६० पहल’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ ले बिहीबार विधिवत रूपमा पद बहाली गर्नुभएको छ । महासंघ सचिवालयमा आयोजित विशेष समारोहबीच...

निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल बाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै श्रेष्ठले महासंघको २१औँ अध्यक्षका रूपमा कार्यभार सम्हाल्नुभएको हो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्नुभएका श्रेष्ठलाई निवर्तमान अध्यक्ष ढकालले शपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

पद बहालीपछि आयोजित परिचयात्मक तथा भेटघाट कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो तीनवर्षे कार्यकालका प्राथमिकता समेटिएको ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले महासंघलाई अझ प्रभावकारी, विश्वसनीय तथा परिणाममुखी संस्थाका रूपमा विकास गर्दै निजी क्षेत्रको साझा आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार आगामी कार्यकालमा निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीको सुरक्षा तथा विस्तार, नीति पैरवीको प्रभावकारिता अभिवृद्धि, संघीय संरचनाअनुसार सदस्य संस्थासँग समन्वय सुदृढीकरण, सेवा प्रवाहको आधुनिकीकरण तथा डिजिटल प्रणाली विकासलाई प्राथमिकतामा राखिनेछ ।

यस्तै युवा उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा आर्थिक कूटनीतिक सम्बन्ध मजबुत बनाउने विषयलाई समेत कार्यक्रमले समेटेको छ ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष ढकालले महासंघका एजेन्डा निजी क्षेत्र प्रवर्द्धन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो कार्यकालमा सरकारले महासंघले प्रस्ताव गरेको निजी क्षेत्र संरक्षण तथा संवर्द्धन कार्यक्रम मन्त्रिपरिषदबाट पारित गरेको उल्लेख गर्दै यसले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान ले देशमा औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणमा महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक विकास र समृद्धिका लागि सरकारलाई सुझाव दिने र आवश्यक पर्दा प्रश्न उठाउन सक्ने हैसियत महासंघले निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्वअध्यक्ष भवानी राणा ले आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकारलाई आग्रह गर्दै आर्थिक एजेन्डामा एकजुट भएर काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो ।

जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा ले देशभर औद्योगिक वातावरण निर्माणका लागि जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई सक्षम र सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

अर्का जिल्ला नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठ ले उद्योग–व्यवसायको विकासबिना आर्थिक समृद्धि सम्भव नरहेको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माणका लागि लगानी तथा भौतिक सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताउनुभयो ।

वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ ले देशभरका व्यवसायीका समस्या साझा समस्या भएकाले आर्थिक एजेन्डामा केन्द्रित भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

एशोसिएट उपाध्यक्ष प्रबल जंग पाण्डे ले औद्योगिक वातावरण निर्माणका लागि नीतिगत स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै कर प्रणाली सुधारदेखि व्यवसायीका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

Share 5 महासंघको नेतृत्व सम्हालेसँगै अन्जन श्रेष्ठले सार्वजनिक गरे कार्ययोजना: ‘६ स्तम्भ, ६० पहल’
  • Share
      महासंघको नेतृत्व सम्हालेसँगै अन्जन श्रेष्ठले सार्वजनिक गरे कार्ययोजना: ‘६ स्तम्भ, ६० पहल’
      महासंघको नेतृत्व सम्हालेसँगै अन्जन श्रेष्ठले सार्वजनिक गरे कार्ययोजना: ‘६ स्तम्भ, ६० पहल’

      काठमाडौं । नेपाल उद्योग वाणि�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka