Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

ArthaDrishti.com

ArthaDrishti.com

19/Nov/2025
सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरू

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ...

गाइड प्रशिक्षण सुरू गरिएको छ। महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको १५ दिने आवासीय तालिममा देशका विभिन्न भागबाट छनोट भएका २८ महिलाको सहभागिता छ । बोर्डको सहकार्यमा नेपाल माउन्टेन एकेडेमीले सञ्चालन गर्दै आएको यस तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवाको गुणस्तरीय अभ्यास सम्बन्धी सीप प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा उपस्थित सोलुखुम्बु जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा नम्बर–७ का वडाध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की तथा नम्बर व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाले महिलाको पर्यटन क्षेत्रप्रति बढ्दो आकर्षणले नेपालको हिमाली पर्यटनलाई अझ सुरक्षित, विश्वसनीय र समावेशी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । उनीहरूले नेपाल पर्यटन बोर्डले अघि सारेका क्षमता विकास कार्यक्रमहरू स्थानीय तहदेखि राष्ट्रिय तहसम्म दिगो पर्यटन प्रवर्द्धनका लागि आधार निर्माण गरिरहेको उल्लेख गरेका छन् ।

ट्रेकिङ क्षेत्रमा महिला सहभागिता विस्तार हुनु देशको पर्यटन क्षेत्रको समावेशी विकासका लागि आवश्यक रहेको र यस्तो तालिमले महिलालाई आत्मविश्वासी, दक्ष र पेशागत रूपमा योग्य ट्रेकिङ गाइडको रूपमा स्थापित गर्न मद्दत गर्ने बोर्डको विश्वास छ । बोर्डले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तर रूपमा विस्तार गर्दै समुदायमा आधारित पर्यटन र महिलाको आर्थिक सशक्तीकरणका लागि थप अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share 4 सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरू
  • Share
      सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरू
      सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरू

      काठमाडौं । नेपाल पर्यटन बोर्�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Flybird

Sponsor Ad.

Arabikaka