Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

11/Oct/2025
काठमाडौँ महानगरले तोक्यो ३२ स्थानमा स्वदेशी फूलमाला विक्री–वितरण केन्द्र

काठमाडौं | नेपालीहरूको महान् चाड तिहार (दीपावली) को अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली किसानहरूले उत्पादन गरेका फूलमालाको बिक्री–वितरणलाई प्रोत्साहन गर्न ३२ स्थान तोकेको छ। यो अभियानले आयातित...

तथा प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने लक्ष्य राखेको छ।

महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारको समयमा स्वदेशी फूलको प्रवर्धनका लागि बिक्री स्थलहरू व्यवस्थापन गर्दै आएको छ। यस वर्ष कार्तिक १ गतेदेखि सुरु हुने यो अभियानमा किसानहरूलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूविरुद्ध कारबाही गर्न तयारी गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर तथा बजार क्षेत्रको अनुगमन पनि गरिनेछ।

महानगर प्रमुख बालेन्द्र शाहले भन्नुभयो, “हामी विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुको निरुत्साहन गर्न निरन्तर लागि परेका छौं। हामी निर्वाचित भएदेखि नै प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाएका थियौं। यस तिहारमा पनि काठमाडौं महानगरपालिकाले ३२ स्थानमा स्वदेशी फूलमाला बिक्री–वितरणका लागि स्थल व्यवस्था गरेको छ। हाम्रो उद्देश्य आयातित र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिनु हो।”

प्रमुख शाहले थप्नुभयो, “हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गरून्। नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको छ। त्यसैले, यस तिहारमा स्वदेशी फूलको प्रयोग गर्न सबैलाई आह्वान गर्दछु। आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो।”

महानगरपालिकाले सरोकारवाला निकायहरूसँग समन्वयमा निम्न स्थानहरू तोकेको छ। उपभोक्ताहरूले यी स्थानहरूबाट गुणस्तरीय स्वदेशी फूलमाला सजिलै प्राप्त गर्न सक्नेछन्।

स्वदेशी फूलमाला बिक्रीका तोकिएका ३२ स्थानहरू:

एन वि सेन्टरनयाँ बानेश्वर, विग मार्ट शंखमूल, आइ प्लेक्स मलनयाँ बानेश्वर, सेल्स वेरीमध्यबानेश्वर, फोनेक्स टावरबत्तिसपुतली, तिनकुने चौर तिनकुने, सिफल चौर सिफल, एसी कम्लेक्स चावहिल, चावहिल गणेशस्थान तरकारी बजार चावहिल, के एल. टावर अगाडि चावहिल, चावहिल सेन्टर अगाडि चावहिल, स्वयम्भू धर्म चक्र पार्क स्वयम्भू, कालिमाटी बाइक्यूट कालिमाटी, द्यौखेल कालिमाटी, कलकी भाटभटेनी कलकी, नयाँ बजार भ्याली कोल्ड स्टोर नयाँ बजार, बुद्ध महल माछापोखरी, गुणस्तर खाल्डो माछापोखरी, नम्बर वडा अगाडिको डबली हाडिगाउँ, ५ नम्बर वडा गणेश मन्दिर डबली हाडिगाउँ, कोइराला मार्ट २६ नम्बर वडा सामाखुशी, सेल्सवेरी महाराजगञ्ज, विगमार्ट गोंगबु , विगमार्ट चपल कारखाना, विगमार्ट बालुवाटार, कामपा २८ आईटी बिल्डिङ कमलादी, स्टार मलपुतली सडक, कामपा २८ भाटभटेनीअनामनगर, कामपा २९ टेवाल मन्दिर परिसर, काठमाडौं महल सुन्धारा, अर्द्धतमार्ग वडा कार्यालय बनाउने ठाउँ कामपा २८, बजरा कम्प्लेक्स गुडमार्ट न्युप्लाजा।

यो अभियानले नेपाली किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ। उपभोक्ताहरूलाई स्वदेशी फूलमालाको प्रयोग गर्न महानगरले विशेष आह्वान गरेको छ। थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट वा सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिन्छ।

Share 3 काठमाडौँ महानगरले तोक्यो ३२ स्थानमा स्वदेशी फूलमाला विक्री–वितरण केन्द्र
  • Share
      काठमाडौँ महानगरले तोक्यो ३२ स्थानमा स्वदेशी फूलमाला विक्री–वितरण केन्द्र
      काठमाडौँ महानगरले तोक्यो ३२ स्थानमा स्वदेशी फूलमाला विक्री–वितरण केन्द्र

      काठमाडौं | नेपालीहरूको महान्

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 15 टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
  • Share
      टेक्सपायर  कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित
      टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, आईसिएफसी फाइनान्सको जित

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 13 संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
  • Share
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा
      संघमा आन्तरिक विवाद: ५ पदाधिकारी साथै ६ सदस्यको सामूहिक राजीनामा

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 14 भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • Share
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
      भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • Message

    Send Message

  • Call
  • Whatsapp
Share 9 Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
  • Share
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi
      Nepal Tourism Board Showcases Nepal as a Dream Wedding Destination in New Delhi

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Arabikaka

Sponsor Ad.

Kinmel Chautari