Nepal Economic News & Business Updates | Artha Drishti

Intro

Artha Dristi is Nepal's premier online economic news portal, dedicated to delivering timely and accura read more

    Quick Links

  • Blogs
  • Privacy Policy
  • Terms of Use

नेपालको इलेक्ट्रिक सवारी साधन (EV) बजार: सम्भावना, चुनौती र भविष्य

पेट्रोल, डिजेल वा इलेक्ट्रिक कार: नेपाली बजारमा कुन छनौट उत्तम?

सेडान, ह्याचब्याक र एसयूवी (SUV) को अन्तर के हो?

नेपालमा इलेक्ट्रिक गाडीको भविष्य: किन EV Auto Bazar तपाईंको साथी हो?

ArthaDrishti.com

ArthaDrishti.com

06/Jun/2025
नबिल बैंकको नयाँ CEO मा मनोज कुमार ज्ञवाली नियुक्त, २६ वर्षे अनुभवसहित नेतृत्वमा उच्च अपेक्षा

काठमाडौं। नबिल बैंक लिमिटेडले श्री मनोज कुमार ज्ञवालीलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनले नबिल बैंकको नेतृत्व सम्हाल्ने...

भएका हुन्। यसअघि उनले कायममुकायम CEO को रूपमा कार्यभार सम्हाल्दै आएका थिए।

बैंकले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, नबिल बैंक परिवारको तर्फबाट श्री मनोज कुमार ज्ञवालीज्यूलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

भारतको प्रतिष्ठित The Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्टको उपाधि प्राप्त गरेका ज्ञवालीसँग बैंकिङ तथा पुँजी बजारमा २६ वर्षभन्दा बढीको अनुभव छ। नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, र ज्योति विकास बैंक लगायतका संस्थाहरूमा उनले उच्च पदमा रहेर कार्य गरिसकेका छन्।

बैंकका अनुसार, उहाँको रणनीतिक दृष्टिकोण, स्पष्ट विचारधारा, र दिगो वित्तीय विकासमा योगदान पुर्‍याउने क्षमता नबिल बैंकको भावी यात्रामा मार्गनिर्देशक हुने विश्वास लिइएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ग्राहक सेवा, नवप्रवर्तन र स्थायित्वमा अझ सुदृढ प्रगति गर्ने अपेक्षाका साथ नबिल बैंक उहाँको नेतृत्वमा अगाडि बढ्नेछ।

नबिल बैंक हाल देशभर २८० भन्दा बढी शाखा र सेवा केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा दिइरहेको छ। नयाँ नेतृत्वसँगै बैंकले सस्टेनेबल फाइनान्स, डिजिटल बैंकिङ, र ग्राहक–केन्द्रित सेवा सुधारमा थप ध्यान दिने संकेत दिएको छ।

ज्ञवालीको नियुक्तिसँगै बैंकिङ क्षेत्रका विश्लेषकहरूले नबिल बैंकको रणनीतिक उचाइ अझ मजबुत हुने अपेक्षा गरेका छन्।

Share 4 नबिल बैंकको नयाँ CEO मा मनोज कुमार ज्ञवाली नियुक्त, २६ वर्षे अनुभवसहित नेतृत्वमा उच्च अपेक्षा
  • Share
      नबिल बैंकको नयाँ CEO मा मनोज कुमार ज्ञवाली नियुक्त, २६ वर्षे अनुभवसहित नेतृत्वमा उच्च अपेक्षा
      नबिल बैंकको नयाँ CEO मा मनोज कुमार ज्ञवाली नियुक्त, २६ वर्षे अनुभवसहित नेतृत्वमा उच्च अपेक्षा

      काठमाडौं। नबिल बैंक लिमिटेड�

  • Message

    Send Message

  • Call
  • Whatsapp

Sponsor Ad.

Evautobazar

Sponsor Ad.

Flybird